२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

shivam cement
मध्यान्ह
२०८१ माघ २ गते १७:२८
अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटः अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी भारत बिहार सीतामाढी बसबिट्टा बस्ने २२ वर्षीय सुधीर कोईरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

रौतहट परोहा नगरपालिका–२ तेजापाकड बस्ने ३० वर्षीय हिरामन महतोलाई २०८० वैशाख ९ गते माधव नारायण नगरपालिका–६ माधोपुरबाट अपहरण गरी भारतमा लगी शरीर बन्धक बनाइ निजको परिवारसँग फिरौती माग गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगको समन्वयमा सर्लाहीको सीमा नाकाबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise