२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पत्रकार राम अवतार थारूलाई थाकस मलेसियाले गर्‍यो नगदसहित सम्मान 

Nada
२०८१ माघ २ गते ११:५८
Shares
पत्रकार राम अवतार थारूलाई थाकस मलेसियाले गर्‍यो नगदसहित सम्मान 

मलेसिया : थारू कल्याणकारिणी सभा (थाकस) मलेसियाले नेपालको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार राम अवतार (चौधरी) थारूलाई नगद र सम्मानपत्रसहित पहिलो सम्मान प्रदान गरेको छ । 

ncell

थारू समुदायको अधिकार संरक्षण, सामाजिक न्याय र ग्रामीण क्षेत्रका विषयवस्तुहरूमा कलम चलाउँदै आएका पत्रकार थारूलाई थाकस मलेसिया र थाकस बुद्धभूमि नगर कार्यसमिति परिवारको संयुक्त समन्वयमा सम्मान गरिएको थाकस मलेसियाका पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार मनिराम थारूले बताए ।

पत्रकार रामअवतार थारू, थारू पत्रकार संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशका पूर्व सदस्यसमेत हुन् । 

उनी राष्ट्रिय दैनिक बुटवल टुडे, रेडियो नेपाल, बुद्धआवाज टेलिभिजनलगायतका सञ्चारमाध्यममा आवद्ध रही एक दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका छन् । 

थाकस मलेसियाको संरक्षक एवं सामाजिक अभियन्ता घनश्याम चौधरी 'आरएन थारू' ले नेपालमा थारू समुदायका ग्रामीण भेगमा कार्यरत पत्रकारलाई पहिलोपटक मलेसियाबाट नगदसहित पुरस्कृत गर्ने अभियानको सुरुवात पत्रकार राम अवतार थारूबाटै गरिएको बताए ।

अभियन्ता चौधरीले भने, “यस्ता सम्मानले पत्रकारितामा समर्पित विशेषगरी थारू समुदायका पत्रकारहरूलाई थप प्रेरणा मिल्नुका साथै थारू समुदायको मुद्दालाई अझ सशक्त रूपमा उठाउन प्रेरित गर्नेछ ।” अब आउने वर्षहरूमा पनि अन्य थारू पत्रकारहरूलाई यसैगरी सम्मान गरिने चौधरीले बताए । 

थाकस मलेसियाले नेपालको पत्रकारिता क्षेत्रमा काम गरेका थारू समुदायका पत्रकारलाई छनोट गरी यो वर्षदेखि नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । 
 

ताजा खबर

सम्बन्धित खबर