२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

Nada
२०८१ असार ११ गते १६:३७
Shares
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

मुग्लिन : जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो ।
 
गाउँपालिका उपाध्यक्ष माया सिलवालले सोमबार गाउँसभाबाट पारित भएको बजेटमा बाँझो जमिन प्रयोग तथा साना सिँचाइ कार्यक्रमका लागि रु १५ लाख  बजेट विनियोजन गरिएको बताइन् । बाँझो जमिनमा खेती गर्ने किसानलाई आवश्यक बीउ सिँचाइलगायत अनुदान  दिइने 
उनले  बताइन् । यसैबीच गाउँपालिकाले बाख्रापालन, सुन्तलाखेती, मकैलगायत परम्परागत बाली संरक्षणलाई निरन्तरता दिएको उनले जानकारी दिईन्  । 

ncell

उपाध्यक्ष सिलवालका अनुसार किसानसँगको लागत साझेदारीमा बाख्रापालन प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि रु २७ लाख, सुन्तलाखेतीका लागि रु २६ लाख, मौरीपालन कार्यक्रमका लागि रु सात लाख, मकैखेती कार्यक्रमका लागि रु सात लाख, कृषि बाली तथा पशुपन्छीमा फैलिने रोग नियन्त्रण साथै मिनी ल्याब एवं औषधोपचार कार्यक्रमका लागि रु नौ लाख ५० हजार, पशुपालक किसानलाई पशुधनको उपचारमा प्रयोग हुने विभिन्न औषधि निःशुल्क उपलब्ध  गराइने छ । 

साथै  उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न कृषि तथा पशु उत्पादनको लागि एकमुष्ट रु ६ लाख तथा सो को तथ्यांक अभिलेखीकरणका लागि रु एक लाख, सामूहिक खेती एवं नवप्रवद्र्धन व्यवसाय प्रोत्साहनका लागि रु पाँच लाख, पर्यटकीयस्थल जलवीरेमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्नका लागि रु २५ लाख, फिस्लिङ तरकारी उपज संकलन  केन्द्रलाई कृषकहित अनुकूल हुने गरी कार्यविधिअनुरुप सञ्चालनमा ल्याउनका लागि रु १० लाख विनियोजन गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर