२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

आजदेखि भक्तपुरको त्रिवेणीधाममा माधव नारायण मेला सुरु (तस्बिरसहित)

Nada
२०८१ पुष २९ गते ११:०४
Shares
आजदेखि भक्तपुरको त्रिवेणीधाममा माधव नारायण मेला सुरु (तस्बिरसहित)

काठमाडौँ : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजबाट माधव नारायण मेलाको ब्रत शुभारम्भ भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरु हुन्छ । 

ncell

साँखुको शालिनदीमाभन्दा पहिलादेखि यस मेला एवं ब्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको स्थनीयको भनाइ छ । माधवनारायणको ब्रत बस्ने व्यक्तिले ब्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । ने.सं ७२२ मा रणजीत मल्ल आफैँले ब्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ।

त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले हनुमानघाटमा ब्रत बस्ने र स्नान गर्ने आउने गरेका छन् । ब्रर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर ब्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागिता जनाउने परम्परा छ ।

ब्रर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीखोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

सम्बन्धित खबर