२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही सर्वसम्मत

Nada
२०८१ पुष २८ गते २१:२७
Shares
अन्तर्राष्ट्रिय नेपाली समाज कतारको अध्यक्षमा राजाराम शाही सर्वसम्मत

कतार : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशन संघीय परिषद् सदस्य बुधवल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको कतारस्थित भ्रातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशनकोबाट गोरखा सतिपिपल घर भइ हाल कतारमा व्यावसाय गर्दै आएका राजाराम शाही आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । 

ncell

पार्टीको संघीय परिषद् सदस्यसमेत रहेका प्रमुख अतिथि गुरुङको रोहबरमा भएको बन्दसत्रले वरिष्ठ उपाध्यक्षमा ध्रुव क्षेत्री, उपाध्यक्षमा रामजी सुवेदी, पुष्पराज भण्डारी, सरोज कुमार महतो, रामचन्द्र गिरी, महिला उपाध्यक्षमा ललिता बोहरा, महासचिवमा नवीन निरौला, सचिवमा नर बहादुर गुरुङ, रुद्र बहादुर कटुवाल, लोकेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा खड्गबहादुर बुढा र सहकोषाध्यक्षमा प्रेम कुमार गुरुङलाई पदाधिकारीमा निर्वाचित गरेको हो ।

संगठनले कार्यसमिति सदस्यहरुमा विष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देवकोटा, विष्णु बि.क, खगेन्द्र कुमार मगर, उत्तम भित्रिकोटी, पूर्णबहादुर गुरुङ, ढकेन्द्र कार्की, अमित बि.क, बसिर रैन, सूर्यबहादुर गुरुङ, श्रवण महतो गरी ११ जनालाई राष्ट्रिय सदस्यमा चयन गरेको छ ।

दोहाको वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनमा भट्टराई समर्थक, आस्थावानलगायत कतारमा स्थापित विभिन्न वैचारिक सगंठन, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

सम्बन्धित खबर