२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पाठेघरको मुखको क्यान्सरविरुद्ध ललितपुरमा एच.पि.भी. खोप अभियान

Nada
२०८१ पुष २८ गते २०:२४
Shares
पाठेघरको मुखको क्यान्सरविरुद्ध ललितपुरमा एच.पि.भी. खोप अभियान

ललितपुर : महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध ललितपुरमा एच.पि.भी. खोप अभियान सञ्चालन हुने भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले किशोरीहरुलाई  लक्षित गरेर यही २०८१ माघ २२ गतेदेखि एच.पि.भी. खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिए । 

ncell

‘हामीले राम्रोसँग तयारी गरेर प्रभावकारी बनाउन ध्यान दिएका छौं, विद्यालय जाने किशोरीहरुको हकमा कक्षा ६ देखि १० कक्षा सम्मका किशोरीहरुलाई र विद्यालय नजाने किशोरीहरूको हकमा १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई खोप लगाउन सूचना प्रवाह गरेका छौं, उहाँहरूले आफुलाई पायक पर्ने विद्यालयको खोप केन्द्रमा गई एच.पि.भी.विरुद्धको खोप लगाउन सक्ने व्यवस्थापन गरिएको छ’ उनले भने ।

त्यस्तै माघको ११ र १२ गते प्युटारको कालीदेवी माध्यमिक विद्यालयमा क्षयरोग खोजपड्तालका साथै अन्य रोगको उपचारका लागि स्वास्थ्य शिविर हुने डाक्टर पौडेलले जानकारी दिए । 

जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गर्ने शिविरका लागि आनन्दवन अस्पताल, बज्रबाराही अस्पताल, परिवार नियोजन संघ, नेपाल युथ फाउण्डेशन, नेपाल नेत्रज्योति संघ र नेपाल रेडक्रस सोसाइटी ललितपुरले सहकार्यका साथै समन्वय गर्ने जानकारी गराइएको छ । 

No description available.

‘हामीले आठ कक्षादेखि १२ कक्षासम्मको विद्यार्थीहरुका साथसाथै स्थानीयहरुलाई छाला रोग, छाती सम्बन्धी रोगहरु, पोषण प्रवर्द्धन, परिवार नियोजन, सुरक्षित मातृत्वसहितका सेवा प्रदान गर्नेछौं’ डा. पौडेलले भने । 

शिविरमा बाल रोग विशेषज्ञसहित सबै रोगका विशेषज्ञ डाक्टर जाने कार्यक्रम तय भएको बज्रवाराही चापागाउँ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अंकुर पौडेलले बताए ।

‘६ वटा सेवाका डाक्टर बज्रवाराही अस्पतालबाट जानुहुनेछ, कोभिड–१९ को खोप नलगाएकाहरुलाई पनि हामीले सेवा उपलब्ध गराउने छौं, भिजन नेपालले पोषण प्रवर्द्धन सम्बन्धी काम गर्नेछ’ उनले भने । कार्यक्रममा बागमती गाउँपालिकाले समन्वय र सहजीकरण गर्ने डाक्टर पौडेलले जानकारी दिए । 

सम्बन्धित खबर