२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

राजपुर नगरपालिकाद्वारा ५५ करोड बराबरको बजेट प्रस्तुत

Nada
इसत्याक अहमद
२०८१ असार ११ गते ०९:३१
Shares
राजपुर नगरपालिकाद्वारा ५५ करोड बराबरको बजेट प्रस्तुत

रौतहट : राजपुर नगरपालिकाले आफ्नो ८ औं  नगरसभा सम्पन्न गरेको छ ।  नगरप्रमुख मो.राजिक आलमले आर्थिक वर्ष २०८१/०८२ को अनुमानित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

ncell

आलमले आर्थिक वर्ष २०८१/०८२ को लागि कुल ५५ करोड बराबरको बजेट प्रस्तुत गरेका हुन् । यस वर्षको बजेटमा  कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।

बजेट प्रस्तुत गर्दै मेयर आलम आफ्नो पहिलो कार्यकालमा बाँकी रहेको कामकाजलाई पूर्णता दिने किसिमको यस वर्षको बजेट विनियोजन गरिएको बताए । 

नेपाल सरकारको सशर्त अनुदानमार्फत, प्रदेश सरकार, आन्तरिक स्रोतमार्फत लगायत गत वर्षको बाँकी रहेको मौज्दातमार्फत रकममार्फत सो बजेट विनियोजन गरिएको हो ।

बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर आलमले प्राविधिक दृष्टिले उपयुक्त, सामाजिक रुपमा सन्तुलित एवं राजनीतिक रुपमा स्वीकार्य विकास प्राप्तिका लागि समन्वय कायम गर्दै विकासका साझा गन्तव्यमा अगाडि बढ्दै, धार्मिक, पौराणिक एवम् ऐतिहासिक सम्पदाको धनी रहेको राजपुरलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

यो नगर धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा रहेको राजपुरलाई जोडेर यहाँ पर्यटक भित्र्याउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत  खुरसिद आलमले जोड दिए । राजपुर बासिन्दाको सहयोग गर्नका लागि आफुले सम्बन्धित निकायमार्फत तयार रहेको पनि उनले बताए । 
 

ताजा खबर

सम्बन्धित खबर