२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

शिक्षामा सुधार ल्याउन जिएसएसद्वारा ३९ विद्यालयलाई सहयोग

Nada
२०८१ पुष २४ गते १४:११
Shares
शिक्षामा सुधार ल्याउन जिएसएसद्वारा ३९ विद्यालयलाई सहयोग

मुगुः मुगुको सोरुगाँउपालिकामा एक स्थानीय संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । ग्रामीण सामुदायिक विकास संस्था (जिएसएस) मुगुले ३९ वटा सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार ल्याउनको लागि बिगत ५ वर्षदेखी सहयोग गर्दै आइरहेको हाे ।

ncell

ई.सि.डी. कक्षादेखी ३ कक्षासम्म अध्यानरत बालबालिकाहरुको व्यावस्थापनको लागि कक्षाकोठाको भुँइसिलीङ, कक्षाकोठा हापसिलिङ, कुसन, पिफम, कार्पेट, सुज र्‍याक, बुक र्याक, टेबुल, बेन्च, शौक्षिक क्रियाकलापका आधारमा सिकाइका लागि शिक्षकहरुलाई तालिम, गोष्ठी, स्थानीय शौक्षिक सामाग्रीहरु, स्थानीय पाठ्य पुस्तक निमार्णमा सहयोग, विद्यालय सुरक्षा तथा सरसफाईका लागि शौचालय निमार्णमा उक्त संस्थाले सहयोग गर्दै आइरहेको हो ।

खानेपानि निमार्ण तथा मर्मत, विद्यालय घेरबार तथा मर्मत, विद्यालय छाना मर्मत तथा निमार्ण, विद्यार्थिहरुको क्षमता विकासको लागि बालक्लव निमार्ण गरी अत्तिरिक्त क्रियाकलापहरु दैनिक, साप्ताहीक र मासिक रुपमा सञ्चालन गर्दै पुरस्कारको व्यवस्था समेत यो संस्थाले गर्ने गरेको  छ ।

विपद् जोखिमको लागि विपद् प्रतिकार्य सम्बन्धिका सामाग्रीहरु सोरु गाँउपालिकाको समन्वयमा काम गर्दै आएपछि पछिल्लो समयमा सोरु गाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा शिक्षा र स्वास्थ्य सम्बन्धी केही सुधार आएको जिएसएस मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर