२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पत्रकार श्रेष्ठलाई धम्की दिएको आरोपमा व्यवसायी कलवार पक्राउ

Nada
२०८१ पुष २३ गते २१:४९
Shares
पत्रकार श्रेष्ठलाई धम्की दिएको आरोपमा व्यवसायी कलवार पक्राउ

रौतहट : रौतहट प्रहरीले पत्रकार प्रकाश श्रेष्ठलाई धम्की दिएको आरोपमा एक व्यवसायीलाई पक्राउ गरेको छ । फोनमार्फत पत्रकार श्रेष्ठलाई गालीगलौज गरी कुटपिट गर्ने धम्की दिएको आरोपमा कटहरिया नगरपालिका वडा नंं.५ का स्थानीय रामचन्द्र साह कलवारलाई पक्राउ गरेको हो । 

ncell

रेडियोमा समाचार प्रशारण गराएको विषयलाई लिएर साहले नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितिका सदस्य समेत रहेका कटहरिया म्युजिकल एफएमका प्रबन्ध निर्देशक श्रेष्ठलाई फोनमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिएको आरोप लागेको छ । 

जहरीमाई कृषि सहकारी संस्थाका संचालक समेत रहेका कलवारले कालोबजारी गर्दै आएको समाचार रेडियोमा प्रसारण भएको थियो । तीन वटा सहकारीका संचालक समेत रहेका कलवारले अनुदानमा आएको रासायनिक मल लक्षित वर्गलाई नदिइ बढी रकम लिएर कालोबजारी गर्दै आएको आरोप लागेको छ । 

धम्की दिएको विषयमा पत्रकार महासंघ रौतहटले समेत विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । पक्राउ परेका व्यवसायी अहिले इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी राजन कार्कीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर