२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

आन्दोलनरत कर्मचारी र सरकारबीच सात बुँदे सहमति 

Nada
२०८१ असार १० गते १७:४३
Shares
आन्दोलनरत कर्मचारी र सरकारबीच सात बुँदे सहमति 

काठमाडौँ । आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो । 

ncell

कर्मचारीहरूलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेवापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने साथै यो रकम मासिक रूपमा प्रदान गर्ने सहमति भएको छ ।

२१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए । 

ताजा खबर

सम्बन्धित खबर