२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एलिट कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

Nada
२०८१ पुष १८ गते ११:१४
Shares
एलिट कपका लागि सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौंः जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । 

ncell

बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो । टोली घोषणा गरेसँगै बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।

सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । जनकपुर र वीरगंजमा हुने प्रतियोगितामा बागमती प्रदेशको लिगका सबै खेल जनकपुरमा हुनेछ । बागमतीले उद्घाटनकै दिन मधेश प्रदेशको सामना गर्नेछ । 

ताजा खबर

सम्बन्धित खबर