२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

‘हामी नेपाली ग्लोबल’ सिसेल्सको राजदूत तामाङद्वारा उद्घाटन

Nada
२०८१ असार ९ गते २२:५५
Shares
‘हामी नेपाली ग्लोबल’ सिसेल्सको राजदूत तामाङद्वारा उद्घाटन

अनिल बानिया / मध्यान्ह

ncell

सिसेल्स आइल्याण्ड : विश्वका करिब चार दर्जन भन्दा बढी देशमा स्थापना भएको विशुद्ध सामाजिक परोपकारी संस्था ‘हामी नेपाली ग्लोबल’को सिसेल्समा आधिकारिक दर्ता भएसँगै उद्घाटन गरिएको छ । सेल्सका अध्यक्ष दिपेन्द्र कुँवरको सभापतित्वमा शनिबार भएको समारोहका प्रमुख अतिथि दक्षिण अफ्रिकाका महामहिम राजदूत दान बहादुर तामाङले रिवनसहित केक काटेर विधिवत् उद्घाटन गरेका थिए । 

कार्यक्रममा विशिष्ट आतिथिमा महामहिमकी धर्मपत्नी कल्याणी तामाङ, पासपोर्ट डिपार्टमेन्टका सिनियर अफिसर विष्णु प्रसाद ढकाल, सामाजिक अभियन्ता एवं वरिष्ठ सामाजिक व्यक्तित्व परमविर शर्मा, विभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधित्व रहेका थिए । 

कार्यक्रममा संस्थाका महिला विभाग संयोजक पुष्पा लामाले स्वागत मन्तव्य राखेकी थिइन् भने समाजसेवी परमविर शर्मा, संस्थाका बोर्ड अफ डाइरेक्टर विश्वजित कार्की, सल्लाहकार स्टिभ ह्यान्स्ली, भक्त खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको स्थापना, उद्देश्य र भावी रणनीतिका बारेमा महासचिव सुरेन्द्र कुँवरको जानकारी गराएका थिए । प्रमुख अतिथि महामहिम राजदूत तामाङले सिसेल्समा स्थापना भएको सामाजिक संस्थाले यहाँ कार्यरत नेपालीहरुको सुख दुःखको सहयात्री बनेर आइपरेकाे समस्यालाई सम्बन्धित निकायसम्म पहलकदमी र नेपाल सरकारसँगका कामहरुमा आफुले सक्दो कुटनीतिक पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव आइन्द्र विक्रम योङ्याले गरेका थिए । 

 

ताजा खबर

सम्बन्धित खबर