२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नेपाली जनसम्पर्क समिति कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

Nada
तिलु शर्मा पौडेल
२०८१ पुष १५ गते १९:४७
Shares
नेपाली जनसम्पर्क समिति कतारले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

दोहा, कतार : नेपाली जनसम्पर्क समिति कतारले ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको पारेर बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा आगामी शुक्रबार हमद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा नवौं बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

ncell

कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक,  व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित समितिका अग्रज तथा नेपाली कांग्रेसमा आस्थावान् तथा दोहावासी सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई रक्तदान गरी पुण्यको काममा इँटा थप्न समितिका सभापति मोहमद अजिज अलिले आग्रह गरेका छन् ।

“रक्तदान गरौं जीवन बचाऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै बिहान ८ बजेबाट दिउँसो १२ बजे सम्म रक्तदान कार्यक्रम चल्नेछ । रक्तदान जस्तो पुण्यको कार्यमा सहभागी हुन् र अन्य केही जानकारी आवश्यक परेमा कार्यक्रम संयोजक ठाकुर कुमार परियारको मोबाइल नम्बर ३३१२८८२९मा सम्पर्क गर्न सकिने समितिले जनाएको छ  ।

कार्य व्यस्तता रहेमा केदार भुसाल- ३०१०००८८४, खगेन्द्र खनाल – ५०७१७४७७ र छविलाल भट्टराई – ५५३५०१४१ मा सम्पर्क गरी आफ्नो नाम टिपाएर पनि रक्तदानका लागि समय लिन सकिने व्यवस्था मिलाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर