२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

आर्थिक समृद्धिका लागि कांग्रेस सक्षम छ : मन्त्री सिंह

Nada
२०८१ पुष ९ गते १७:५१
Shares
आर्थिक समृद्धिका लागि कांग्रेस सक्षम छ : मन्त्री सिंह

रूपन्देहीः उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको  बताएका छन् ।

ncell

नेपाली कांग्रेस रूपन्देहीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक परिवर्तसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि कांग्रेसले क्षमता राख्ने उनको भनाइ थियो । 

जसरी राजनीतिक अधिकार गुमेको बेलामा कांग्रेसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी नै सक्षम छ,’उनले भने, ‘तर त्यसका लागि कांग्रेस सांगठनिक रुपमा सशक्त र व्यवस्थित बनाउनुपर्छ ।  जनताले चाहेको जीवन र जिविकोपार्जन सहज होस् भन्ने सपना कांग्रेसलाई व्यवस्थित गर्यौं भने पूरा गर्ने क्षमता कांग्रेसले राख्छ ।’

कांग्रेस पूर्वमहामन्त्री समेत रहेका सिंहले कांग्रेसभित्र लोकतान्त्रिक राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। उनले कांग्रेस कार्यकर्ताको मनोबल उठाउनुपर्नेमा जोड दिँदै पार्टीका कारण भएका उपलब्धीबारे नागरिकलाई जानकारी गराउनका लागि पनि स्थानीय पार्टी नेतृत्वलाई आग्रह गरे । सिंहले रूपन्देहीमा रहँदा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित योजनाहरूको अवलोकन गर्नेछन् ।
 

ताजा खबर

सम्बन्धित खबर