२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

महिला हाफ म्याराथनको उपाधि राजपुरालाई

Nada
२०८१ असार ८ गते १२:०१
Shares
महिला हाफ म्याराथनको उपाधि राजपुरालाई

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित ‘दोश्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ को उपाधि नेपाल पुलिस क्लवकी राजपुरा पछाईले हात पारेकी छन् । उनले निर्धारित २१.०९८  किमीको दुरी १ घण्टा १९ मिनेटमा पुरा गरी प्रथम भएकी हुन् ।

ncell

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेको प्रतियोगितामा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, महिला संघका पदाधिकारीहरू, लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो  ।  

शनिबार बिहान ६ः ०० बजे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट शुरू भई बालाजु चोक, नयाँ बसपार्क, बसुन्धारा, महाराजगंज चोकलाई दायाँ पार्दै त्रिवि शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, शहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै पुनः प्रधान कार्यालयस्थित एपीएफ रंगशाला एक राउण्ड लगाएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लवकी राजपुरा पछाईले १ लाख रुपैयाँ, दोश्रो हुने नेपाल पुलिस क्लवकी राममाया बुढाले १ घण्टा २३ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने नेपाल एपीएफ क्लवकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट ४५ सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जितेका छन् । 

उपाधी हासिल गर्ने धावकहरुलाई यही असार १७ गते वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर