२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एकीकृत समाजवादीमा २४ सदस्यीय सचिवालय गठन

Nada
२०८१ पुष २ गते १८:२८
Shares
एकीकृत समाजवादीमा २४ सदस्यीय सचिवालय गठन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

ncell

जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना छन् ।

यस्तै, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ नेताहरू घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, उपाध्यक्षहरू जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिव राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सचिवहरू सावित्राकुमारी भुसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा र शेरबहादुर कुँवर पनि सचिवालयमा रहेका छन् ।

 
 

ताजा खबर

सम्बन्धित खबर