२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह

Nada
२०८१ पुष २ गते ११:१२
Shares
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन् ।

ncell

मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै यस्तो सुझाव दिएका हुन् ।

उनले भ्रष्टाचार गर्नेलाई ५ देखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको उनको भनाइ छ ।

‘राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै मानिसको जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलाशी जीवनशैली जिउनुले नै भ्रष्टाचार प्रश्रय पाइरहेको स्पष्ट हुन्छ’, मुख्यमन्त्री सिंहले भने, ‘त्यस्ता व्यक्तिमाथि कडा कारबाही गर्नुपर्छ ।’

उनले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्न भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलब वृद्धि गरेर भ्रष्टाचार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दाबी गरे ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरी नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दाबी गरे ।

ताजा खबर

सम्बन्धित खबर