२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

Nada
२०८१ मंसिर २५ गते ०६:५०
Shares
खड्काको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं : नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा कैलाश खड्का निर्विरोध निर्वाचित भएका छन् । साधारणसभापछि सम्पन्न निर्वाचनमा अध्यक्ष खड्कासहित कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो ।

ncell

महासंघमा कार्यसमितिको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जी. सी., उपाध्यक्षमा धनबहादुर गिरी (डी. बी.), महासचिवमा दाताराम काफ्ले, सचिवमा लीलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी, सदस्यमा चन्द्रमा राई, प्रवेश रोका क्षेत्री, दीपक कार्की, बेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साललाई चयन गरेको निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए ।

अध्यक्षमा चयन भएपछि खड्काले वैदेशिक रोजगारी क्षेत्रको स्वास्थ्य सेवालाई थप पारदर्शी बनाउन आफू लाग्ने बताए ।

सम्बन्धित खबर