२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

नेकपा माओवादी केन्द्रलाई कमजोर बनाउन खोजियो : वर्षमान पुन

Nada
सुर्य प्रकाश बुढा मगर
२०८१ मंसिर १७ गते २०:४५
Shares
नेकपा माओवादी केन्द्रलाई कमजोर बनाउन खोजियो : वर्षमान पुन

रोल्पा : नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव वर्षमान पुनले नेकपा माओवादी केन्द्रलाई कमजोर बनाउन खोजिएको बताएका छन् । नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको तेस्रो अधिवेशनलाई सोमबार सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् । 

ncell

आइतबार मात्र सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले ६ वटा वडामा विजयी हुन सफल भएको उनले बताए  । कांग्रेसले २०७९ मा जितेको १८ वडामध्ये उपनिर्वाचनमा १६ वटा वडामा जित्न सफल भएको र २०७९ मा नेकपा एमालेले ८ वटा वडा जितेकोमा उपनिर्वाचनमा ५ वटा वडा जित्न सफल भएकाले कांग्रेसले २ वटा वडा र नेकपा एमालेले ३ वटा वडामा पराजित भएको उनले बताए ।

नेकपा माओवादी केन्द्रले एउटा गाउँपालिकामा अध्यक्ष र दुईवटा गाउँपालिकामा उपाध्यक्ष, २०७९ मा पनि ६ वटा वडामा वडाध्यक्ष जित्न सफल भएको र अहिले पनि ६ वटा वडामा जित प्राप्त गरेकोले नेकपा माओवादी केन्द्र ठिक ठाउँमा रहेको पुष्टि भएको उनले बताए । नेकपा माओवादी केन्द्रको आधार ईलाका रोल्पा रुकुम लालकिल्लामा माओवादी केन्द्र उपनिर्वाचनमा पनि पराजित र किल्ला ढल्यो भनेर नेपालका ठूला राष्ट्रिय मिडिया हेडलाइन बनाएर माओवादी केन्द्रलाई कमजोर पार्न खोजेको उनले आरोप लगाए । 

उनले भने, ‘मैले समाचारहरु हेर्दै आएको छु, उपनिर्वाचन मत परिणाम त्यहाँ मैले के पाएको छु भन्दा नेकपा माओवादी केन्द्रको वडाध्यक्ष नेपाली कांग्रेसले खोस्यो, नेकपा एमालेले खोस्यो भनेर लेखेको पाएँ,नेकपा माओवादी केन्द्रले जितेकोमा माओवादी केन्द्रले जित्यो मात्र लेखिएको छ भने  नेपाली कांग्रेस र नेकपा एमालेबाट माओवादी केन्द्रले खोस्यो भनिएको छैन, यो मिडियाको पूर्वाग्रही हो ।’

रोल्पा, रुकुममा नेकपा माओवादी केन्द्रले वडाध्यक्षमा पराजित हुँदैमा कमजोर भएको मान्न नसकिने समेत उनले जिकिर गरे । आफू अर्थमन्त्री हुँदा रोल्पामा धेरै योजना र बजेट व्यवस्था गरेको र अहिले नेपाली कांग्रेस र नेकपा एमालेले हामीले गरेको भन्ने गरेको समेत उनले बताए । उनले भने, ‘विकासमा सबैको साँझा दृष्टिकोण हुने भएकोले सबै मिलेर विकास गर्नु राम्रो पक्ष हो, तर अरुले गरेकोलाई मैले गरेको हो भनेर भ्रम नछरौं ।’ नेतृत्वले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने समेत उनले धारणा राखे । 

uae

सम्बन्धित खबर