२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

जापान प्रकरण : केही थुनामा, केही घरमा

Nada
२०८१ मंसिर १६ गते ०६:३५
Shares
जापान प्रकरण : केही थुनामा, केही घरमा

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कोसी प्रदेशसभाले सांसद लीलाबल्लभ अधिकारीसँग सुरुमा जोडिएको बहुचर्चित मानव बेचविखन मुद्दाका केही अभियुक्तलाई थुनामा, केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा छाडेको छ ।  

ncell

उपत्यका अपराध अनुसन्धान कार्यालयको जोहेरीले वादी नेपाल सरकार, प्रतिवादी महेश पाण्डेसमेत भएको लिखत किर्ते तथा मानव बेचविखनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदातलका न्यायाधीश बलराम लम्सालको इजलासमा शुक्रबार थुनछेक बहस भएको थियो ।

जापानको विमानस्थलबाटै अध्यागमन विभागले फर्काएका खोटाङको केपिलासगढी गाँउपालिका– ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐंसेलुखर्क गाउँपालिका– २ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका– ५ का २१ वर्षीय कन्चन देवकोटा सुरुमा पक्राउ परेका थिए । उनीहरूलाई विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान गर्दा खोटाङ ऐंसेलुखर्क गाउँपालिका– २ का महेश पाण्डे, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– ६ का जुगल रिजाल, नुवाकोट विदुर नगरपालिका– ७ का वीरबहादुर सुनुवार, दोलखा जिरी नगरपालिका– ९  का नवीन राई,  काठमाडौं महानगरपालिका– २९ बागबजारका गुडी राई र योगराज गौतम, मोरङका दिवाकरबाबु भट्टराई, उदयपुर त्रियुगा नगरपालिका– ४ का विष्णुप्रसाद भट्टराईलाई मुद्दामा विपक्षी बनाइएको छ । 

उक्त मुद्दामा राई, शेर्पा र देवकोटाका तर्फबाट बरिष्ठ अधिवक्ता देवराज कटुवाल र अधिवक्ता रमेश कटुवालले बहस गरेका थिए । बरिष्ठ अधिवक्ता कटुवालका अनुसार राई, शेर्पा र देवकोटासँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

जिल्ला अदालतले पाण्डे, रिजाल र सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउने र कर्मचारीको परिचयपत्र बनाउने अभियोग लागेका राई र गौतमलाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको छ । अन्य प्रतिवादी हाजिर भएका छैनन् ।

पाण्डेले देवकोटाबाट १० लाख तथा सुनुवारले राई र शेर्पाबाट १० लाख रुपैयाँ लिएका बताइएको छ । कोसी प्रदेशसभाका सदस्य अधिकारीविरुद्व प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय भएको छ । महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयविरुद्व शुक्रबार नै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान कार्यका लागि  जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइएको थियोे । महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि उनलाई रिहाइ गरिएको छ ।

सम्बन्धित खबर