२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

राजनीतिक दलका नेता कार्यकर्ताहरुद्वारा घरदैलो कार्यक्रम सञ्चालन

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर ६ गते २१:५२
Shares
राजनीतिक दलका नेता कार्यकर्ताहरुद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रौतहट : स्थानीय तह उपनिर्वाचन २०८१ को लागि राजपुर नगरपालिका वडा नं.६ मा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले घरदैलो कार्यक्रम गरिरहेका छन् । 

ncell

नेपाली कांग्रेस पार्टीका केन्द्रीय महासचिव विश्व प्रकाश शर्मासहितको टोलीले बिहीबार राजपुर नगरपालिकाको वडा नं.६ का वडाध्यक्षका उम्मेदवार समसे आलमलाई जिताउनका लागि घरदैलोमा पुगी महासचिव शर्माले जनतासँग रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । 

सो घरदैलो पश्चात राजपुर नगरपालिकाको वडा नं ६ स्थित कोणसभामा परिणत भइ सो सभाका सम्बोधन गर्दै महासचिव शर्माले नेपाली कांग्रेस पुरानो पार्टी रहेको बताउँदै मधेशको उत्थानका लागि नेपाली कांग्रेस पार्टी नै उपयुक्त भएकोले वडाध्यक्षका उम्मेदवार आलमलाई जिताउन आग्रह गरे । 

सोही कार्यक्रममा राजपुर नगरपालिकाका मेयर डा. राजीक आलमले आफु नगरभरीको विकास कार्यमा लागि परेको बताए । नेपाली कांग्रेस पार्टीका वडाध्यक्ष उम्मेदवार आलमलाई जिताए अझ विकास गर्नमा टेवा पुग्ने बताए । 

यसैगरी नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार मो. नासिम अख्तर, जनमत पार्टीका उम्मेदवार क्यामुदिन धुनिया लगायतका १२ जना उम्मेदवार अहिले घर दैलोमा व्यस्त रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर