२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एनपीएलको प्रसारण अधिकार स्टार स्पोर्ट्सलाई दिइएकोमा आपत्ति

Nada
२०८१ मंसिर ४ गते १९:०१
Shares
एनपीएलको प्रसारण अधिकार स्टार स्पोर्ट्सलाई दिइएकोमा आपत्ति

काठमाण्डौं : तीन वटा संस्थाले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण बिना प्रतिस्पर्धा विदेशी कम्पनीलाई दिइएकोमा आपत्ति जनाएको छ ।

ncell

नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौताप्रति आपत्ति जनाएको हो 

‘क्यानको यो कदम राष्ट्रिय हित विपरित तथा अवैधानिक छ’, उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनपीएल आयोजना हुनु सुखद हो र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । तर, यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन गर्नु हुँदैन ।’

नेपाल प्रिमियर लिगको आयोजनामा क्यानले केही अवैधानिक, गैरकानुनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरू जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । बिना प्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको पनि उनीहरूको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसबाट नेपाल क्रिकेट संघ जस्तो सार्वजनिक संस्थाले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनको धारा ४४ को बुदा न. २ (जसअनुसार कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा, कुनै पनि अन्तर्रास्ट्रिय संस्थासँग सम्झौता गर्दा मन्त्रिपरिषदको स्वीकृति अनिवार्य छ) लाई पूर्णरूपमा बेवास्ता गरेको छ । यसबाट नेपाली उत्पादन, प्रसारण तथा बजार व्यवस्थापक संस्थाको राष्ट्रिय खेलकुद प्रतियोगता उत्पादन प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापन गर्ने हक र अधिकारबाट वञ्चित समेत गरेको छ ।’
 

ताजा खबर

सम्बन्धित खबर