२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रोहितसँग झगडा गर्ने तान्जिमलाई आईसीसीले गर्‍यो कारबाही

Nada
२०८१ असार ५ गते ११:०१
Shares
रोहितसँग झगडा गर्ने तान्जिमलाई आईसीसीले गर्‍यो कारबाही

काठमाडौँ : नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन शाकिबलाई आइसिसीले कारबाही गरेको छ । 

ncell

तेस्रो ओभरमा स्ट्राइकमा रोहित पौडेल र बलिङमा तान्जिम थिए । बलिङपश्चात विवाद बढ्दा तान्जिमले कप्तान रोहितलाई धक्का दिएका थिए । नेपालका आशिफ शेखले कप्तान रोहित र बंगलादेशका लिटन दासले तान्जिमलाई रोकेका थिए।

तान्जिमले आइसिसीको आचारसंहिता संहिताको धारा २.१२ को उल्लंघन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उनले खेलका रेफ्री रिचर्डसन्सँग आफ्नो गल्ती स्वीकार गरेकाले थप सुनुवाइको आवश्यकता नभएको आइसिसीले जनाएको छ ।

आइसिसीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार तान्जिमको म्याच फिको १५ प्रतिशत शुल्क जरिवानास्वरूप काटिनेछ । साथै, तान्जिमको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक थपिएको छ । 

ताजा खबर

सम्बन्धित खबर