२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

खड्काको ‘तेजस्वी अप्सरा’ सार्वजनिक

मध्यान्ह
२०८१ कार्तिक २१ गते १९:३३
खड्काको ‘तेजस्वी अप्सरा’ सार्वजनिक

काठमाडौं : गायिका मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक भएको छ । गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज तथा लुमन स्थापितको रेकर्डिङ छ । गीतको भिडियो डिजाइन र सम्पादन संजीतकुमार घिसिङले गरेका छन् । 

गीतकार खड्काले दिवंगत आमा अप्सराको वार्षिकीको छेको पारेर आमाकै सम्झनामा गीत तयार पारेका हुन् । गीतको भिडियो लिरिकल शैलीमा तयार पारिएको छ । भिडियोमा गायिका मेनुका, गीतकार मनोज, संगीतकार कल्याण समेटिएका छन् ।

नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले हालै राजधानीमा आयोजना गरेको कार्यक्रममा गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले गीत सार्वजनिक गरेका थिए ।

ADV

सम्बन्धित खबर