काठमाडौँ : बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।
मंगलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।