२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

‘विकास निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा’

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते १२:०३
‘विकास निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा’

दमौली : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास निर्माणका  कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताएका छन् ।

नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उनले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढंगले अघि बढ्ने बताए । 

पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । बजेट छर्ने प्रवृत्तप्रति लक्षित गर्दै उनले त्यसो भनेका हुन् ।

प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औंल्याए । कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उनले बताए । 

एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको उनले स्पष्ट पारे । 

निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताए । 

ADV

सम्बन्धित खबर

Advertise