२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

स्याङ्जा सहयोग समाज कतार मातहतको हरिनास गाउँपालिका इकाइले मनायो चौथो वार्षिकोत्सव

shivam cement
मध्यान्ह
२०८१ असार २ गते १७:२४
स्याङ्जा सहयोग समाज कतार मातहतको हरिनास गाउँपालिका इकाइले मनायो चौथो वार्षिकोत्सव

दोहा कतार : नौमती बाजाको पूजा गर्दै सुचारु गरिएको स्याङ्जा सहयोग समाज कतार मातहत रहेको हरिनास गाउँपालिका इकाइले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । 

नौमती बाजा तथा विविध सांगितिक प्रस्तुतिसहित सम्पन्न अधिवेशन इकाइका कार्यवाहक अध्यक्ष चन्द्र विश्वकर्माको सभापतित्व तथा हरिनास गाउँपालिका प्रमुख खिम नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनको बन्द सत्रबाट सोम प्रकाश मानन्धरको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा कुल नारायण मानन्धर, द्वितीय उपाध्यक्ष सुनिल परियार, तृतीय उपाध्यक्ष लोकेन्द्र सिग्देल, महिला उपाध्यक्ष लक्ष्मी हमाल, महासचिव चित्र भुजेल, सचिव होम बहादुर थापा, महिला सचिव कुसुम भुजेल, कोषाध्यक्ष टेक बहादुर थापा सहकोषाध्यक्ष सुरज गुरुङ रहेका छन् ।

कार्य समितिका सदस्यहरूमा दीपक परियार, टिकाराम थापा, तुल बहादुर राना, राजु श्रेष्ठ, तेज प्रसाद भण्डारी, देव भुजेल, रेसम बहादुर लम्साल, दामोदर लम्साल, नरेन्द्र लम्साल, लक्ष्मण रुचाल, जय राम गोतामे, सोम परियार र ललित कुमार रहेका छन् । निर्वाचित कार्यसमितिलाई इकाइका संरक्षक तथा निर्वाचन समितिका संयोजक दीपक कुमार वि.क.ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

केक काट्दै पञ्चेबाजा बजाएर विधिवत् उद्घाटन गरिएको कार्यक्रममा कार्यक्रमका संयोजक तथा सचिव चित्र भुजेलले स्वागत मन्तव्य राखेका थिए । सुरज खनालले कार्यक्रममा आमाको महिमाका बारेमा एक कविता वाचन गरेका थिए । लोक तथा दोहोरी गायिका रेग्मी विश्वकर्मा, गायक भुवन परियार, पुकार थापा तथा बाबु कौसल लगायतले आफ्नो गायनद्वारा उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए । 

नृत्यङ्गना विष्णु भुजेलले आकर्षक नृत्य पेस गरिन भने कौशल र सुनुवारले नौमती बाजामा स्वागत गीत गाएका थिए । स्याङ्जा सहयोग समाज कतार मातहत रहेका विभिन्न इकाइका अध्यक्ष तथा समाजका विभिन्न तह–तप्काका पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले गाउँपालिका तथा जिल्लाको विकासप्रति चिन्तासहितको सुझाव र समाजले गरेका कार्यसम्पादन प्रति आ–आफ्ना सुझात्मक धारणा राखेका थिए ।

अधिवेशनमार्फत भलिबल खेलाडी, भलिबल प्रतियोगीतालाई निष्पक्ष रूपमा खेल खेलाउन सहयोग गर्ने रेफ्रिहरु, खेल संयोजक, व्यवस्थापक, पत्रकार, सल्लाहकारहरू, संरक्षक, समाजका अध्यक्ष प्रकाश परियार र कार्यक्रमका प्रमुख अतिथि लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

अधिवेशनमा सागितिक प्रस्तुति दिने कलाकारहरू तथा नौमती बाजा समूहलाई नगद र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । आफ्नो शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि मानन्धरले कतिले भोट हालेर र कतिपयले विभिन्न कोणबाट सहयोग गरेर आफूलाई गाउँपालिका प्रमुख बनाएको बताउँदै सरकारले गर्न नसकेका कामहरू प्रवासबाट सहयोग गरेको आफूले देखेको हुँदा आफू कतारमा रहेका हरिनास तथा स्याङ्जावासीलाई भेट्न दोस्रो पटक कतार आएको बताए । हरिनासका हरेक दुःखमा कतारबाट गरेको सहयोगले मै हुँ भन्नेलाई गतिलो झापड दिएको बताए । उनले कतारबाट आएको भन्दा गाउँमा हेर्ने दृष्टिकोण फरक रहेपनि कतारमा रहेको हरिनास इकाइ उत्कृष्ट स्थानीय सरकार रहेको बताए ।  

मानन्धरले अहिले ठूलो घर किन्ने, धेरै सम्पत्ति जोड्ने लहड लागेको बताउँदै प्रवासमा एक जनाले आम्दानी गर्दा गाउँमा १० जना बसेर खाने प्रवृत्तिले गाउँका खेतबारी बाँझो रहने गरेको हुँदा सबै जनता बजारमुखी प्रवृत्तिबाट माथि उठ्न आवश्यक रहेको बताए । 

उनले स्थानीय सरकारसँग पनि प्रयाप्त बजेट नहुँदा सोचेझैँ विकास गर्न नसकेको बताए । उनले आफू हरिनास इकाइको स्थापनादेखि नै जोडिएको हुँदा अधिवेशनबाट बन्ने नयाँ कार्यसमितिले थप रचनात्मक काम गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिए ।

इकाइका महासचिव सुनिल परियारले २ वर्षे कार्यकालको प्रगती विवरण पेस तथा कार्यक्रमको सहजीकरण गरेका थिए । अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभापति विश्वकर्माले कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक भौतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आफू तेस्रो र चौथो दुवै अधिवेशनमा सभापति बन्न पाउने भाग्यमानी व्यक्ति बनेको भन्दै खुसी व्यक्त गरे ।

ADV

सम्बन्धित खबर

Advertise