-रामकुमार पण्डित क्षेत्री
संयोगवश अङ्गअङ्ग जोडिएर अजङ्गको एउटा प्राणी बन्यो । त्यस प्राणीको नाउँ के होला भनेर कसैले ठम्याउन सकेका थिएनन् । अजङ्ग भएकोले कोही अजिङ्गर भन्दथे । कोही केहीको प्रतिक मान्दथे । ठूलो जिउको कारण त्यो हलचल गर्न नसक्ने भएको थियो । त्यसको फाइदा उठाए हात्तीहरूले । उनीहरू त्यसको शरीरमाथि बस्ने, खेल्ने, उफ्रने जे मन लाग्यो गर्दथे । सहनु सिवाय त्यस अजङ्गको प्राणीलाई अर्को उपाय थिएन ।
हात्तीको निरन्तर अन्यायले त्यसको शरीर थिलथिलो भइसकेको थियो । शरीरमा झिङ्गा र भुसुनाहरू भन्किन थालेका थिए । आप्mनो पाठो सहित जङ्गलमा घुम्दै आएकी मृगले यस्तो दृश्य एक दिन देखी । त्यस प्राणीलाई अघोर अन्याय भएको देखेर भलभल्ती आँसु झारी । मनमनै भगवान्सँग त्यसको सिघ्र मुक्तीको लागि कामना गरी । बिस्तारै भुषुनाहरूको सङ्ख्या थपिए । तिनीहरूले हात्तीमाथि पनि आक्रमण गर्न थाले । आच्छुआच्छु भएर हात्तीहरू एक दिन भाग्नलाई वाध्य भए ।
अजङ्गको प्राणी स्वतन्त्र भयो । त्यस बखत शरीरका केही भाग गलेर छुट्टिए पनि स्वतन्त्र हुन पाएकोमा खुसी भयो । त्योभन्दा बढी खुसी मृग भई । ऊ पाठो सहित बधाई दिन आई । त्यस प्राणीमा अजिङ्गरकोजस्तो शक्ति पैदा हुँदै थियो । लामो श्वास तान्यो । मृगको पाठो स्वात्तै निल्यो । फेरि त्यसले लामोलामो श्वास तानेर माउलाई पनि खान खोज्दै थियो । ऊ ज्यान जोगाएर कुलेलम ठोकी ।
सिमलटार, काठमाण्डौँ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies