२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

गण्डकी प्रदेश सभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

shivam cement
मध्यान्ह
२०८१ जेठ ३१ गते १३:५०
गण्डकी प्रदेश सभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

गण्डकी : गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल शुरु भएको छ । प्रदेश सभाको आजको बैठकको प्रारम्भमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त छलफलमा भाग लिँदै गण्डकी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका सम्बन्धमा कहीँकतै उल्लेख नभएको बताए । उनले लोकतन्त्रमा प्रेसलाई चौथो अंग मानिएको तर नीति तथा कार्यक्रममा आमसञ्चारको विषय नआउनु उचित नभएको जिकिर गरे ।

प्रदेश सभा सदस्य अधिकारीले भूमि बैंक सम्बन्धमा नीति निर्माण गर्नुपर्ने बताए । उनले यससँग सम्बन्धित स्पष्ट नीति आउनुपर्ने धारणा राखे । योजना बैंकको सम्बन्धमा सार्वभौम संसदले थाहा पाउनुपर्ने उनको भनाइ थियो । “कृषि भूमिको अतिक्रमण र खण्डकीकरणको नियन्त्रणको विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छैन”, प्रदेश सभा सदस्य अधिकारीले भने ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण, उद्यमशीलतामा सहकारी क्षेत्रको परिचालनको विषय उल्लेख नभएको उनले बताए । सहकारीको विकृतिका सम्बन्धमा प्रदेश सरकार गम्भीर बन्नुपर्ने प्रदेश सभा सदस्य अधिकारीले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise