धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बिहीबार राति जिप र मोटरसाइकल एक आपसमा मोटरसाइकलमा सवार कैलालीको बर्दगोरिया गाँउपालिका बैनियाका ३२ वर्षीय चक्र बमको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।
दुर्घटनामा सोहि ठाउँका भजन सुनार गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आइरहेको बा १८ च ८७१५ नम्बरको जिप एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
जिप चालक घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानीका वीरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies