काठमाडौं : सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनलमा चार जना प्रतिस्पर्धीलाई लगिने भएको छ । बिहीबारको प्रस्तुतीमा मुख्य निर्णायक न्युह् बज्राचार्यले चारै जना प्रतिस्पर्धीलाई फाइनलमा लैजाने बताएका हुन् । प्रतिस्पर्धाका उत्कृष्ट चार विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवी ओड फाइनलमा पुगेका हुन् ।
फाइनल पुस ६ गते ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुने भएको छ । विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वर्ल्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वर्ल्ड टुर मध्ये एक रोज्न पाउने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies