२०८२ वैशाख ३१ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ वैशाख ३१ गते बुधवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

मध्यान्ह
२०८१ भदौ १७ गते १७:४२
जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

रूपन्देहीः १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका–५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका–६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका–३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन् ।

उनीहरूले ती किशोरीलाई भदौ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ADV

सम्बन्धित खबर