२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

सत्येन्द्र प्रताप सिंह
२०८१ भदौ १२ गते २०:५७
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

रौतहट : सशस्त्र प्रहरी बलले रौतहटको गौरबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका वडा नं.२ भन्सार क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको सितामढी जिल्लाको भटौलिया बेलगञ्ज टोलका रजक मियाँ रहेका छन् । उनको साथबाट ४ लाख समेत बरामद गरिएको छ ।

मियाँले लुकाइ छिपाइ ल्याएको सो रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीको नं. ११ गणका उपरीक्षक विक्रम हुमागाईले जानकारी दिए । 

ADV

सम्बन्धित खबर