२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन हुँदै 

shivam cement
मध्यान्ह
२०८१ जेठ २८ गते ११:५८
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन हुँदै 

काठमाडौँ : नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन मिति २०८१-०३-११–१३ गतेसम्म हुने भएको छ । 

२०८१-०२-२४ गते महासंघमा केन्द्रीय सभापति ओमबहादुर घर्ती मगरको अध्यक्षता र आदिवासी विभाग प्रमुख एवंम नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनको  प्रमुख आतिथ्यतामा बसेको केन्द्रीय समितिमा वैठकले उक्त निर्णय पारित गरेको हो । सभापति ओमबहादुर घर्ती मगरको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति (आयोजक) गठन भएको छ भने उक्त महाधिवेशन राष्ट्रिय प्रज्ञा प्रटिष्ठान कमलादी, काठमाडौँमा सम्पन्न हुने भएको छ । महाधिवेशनलाई सफल वनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

जसमा समसामयिक राजनीतिक प्रतिवेदन सभापति, ओमबहादुर घर्ती मगर । सांगठनिक गतिविधिको प्रतिवेदन संगठन विभाग प्रमुख, जगत बराम । उपसमिति १.आर्थिक प्रतिवेदन –आर्थिक संयोजक केन्द्रीय सदस्य– मनमोहन छन्त्याल २. प्रचार प्रसार तथा (आदिवासी आवाज) प्रकाशन उपसमिति संयोजक केन्द्रीय सदस्य–पासाङ शेर्पा ३. स्वयमसेवक परिवालन उपसमिति संयोजक केन्द्रीय सदस्य–रामकृष्ण लामा ४. अतिथि सत्कार उपसमिति– केन्द्रीय सदस्य – केशाङमु शेर्पा (संयोजक) ५. आवास तथा भोजन व्यावस्थापन उपसमिति केन्द्रीय सदस्य संयोजक– टोपबहादुर थापा मगर ६. मञ्च व्यावस्थापन उपसमिति–केन्द्रीय सदस्य संयोजक – मदनलाल श्रेष्ठ ७. सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक केन्द्रीय सदस्य – भुवनसिंह गुरुङ ८. प्रतिनिधि दर्ता उपसमिति संयोजक केन्द्रीय सदस्य – रेनुका काउचा मगर छन् l 

संगठित, प्रशिक्षित र समुन्नत समाज निमार्ण अभियान सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्ष रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन मूल नाराका साथ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा समुद्घाटन हुने कुरा केन्द्रीय सदस्य,प्रचारप्रसार एवम्  प्रकाशन ( आदिवासी आवाज) उपसमिति सयोजक - पासाङ शेर्पाले जानकारी दिएका छन् l 

गतवर्ष २०८०-०३-१५ र १६ गते देशैभरीका नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको जिल्ला सभापति लगायतका प्रतिनिधिहरुको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त २ दिने प्रशिक्षण कार्यक्रम बाट महासङ्ले १७ बुदे घोषणा पत्र पारित गर्दै आदिवासी जनजाति मन्त्रालय समेत माग गरेको छ भने देश भर वडादेखि पालिका हुदै क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरेर एतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीमा महासङ्घ जुटेको छ शेर्पाले भने l 

ADV

सम्बन्धित खबर

Advertise