२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कताको आग्रह

Nada
२०८३ असोज ९ गते १५:०७
Shares
सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कताको आग्रह

काठमाडौँ : सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् । शुक्रबार अपराह्न २:१५ बजे गरिएको मापनमा ब्यारेजबाट प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पानी बगेको थियो ।

ncell

चतरामा पनि नदीको बहाव बढ्दो क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीको तल्लो तटीय क्षेत्र र डुबान भइरहने स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोशी परियोजनाका अनुसार बहाव बढेसँगै भारतको बिहारतर्फका तटीय क्षेत्रमा पनि बाढीको जोखिम बढेको छ । नदीको अवस्था परिवर्तन भइरहेकाले ब्यारेजको ढोका र पानीको बहावसम्बन्धी विवरणलाई अपराह्न २:१५ बजेसम्मको मापनका रूपमा लिनुपर्छ ।

ताजा खबर

सम्बन्धित खबर