२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

सीबी लामा जेल चलान

मध्यान्ह
२०८१ जेठ २७ गते १६:००
सीबी लामा जेल चलान

काठमाडौँ  : सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामा जेल चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रकम अपचलन गरेको आरोप सीबीमाथि लागेको थियो ।

सीबीलाई १८ जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो ।

ADV

सम्बन्धित खबर