
टोकियो : भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि थकाली सेवा समिति जापानले आर्थिक सहयोग गरेको छ । समितिले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जेएमईमार्फत १२ लाख २३ हजार ३२ रुपैयाँ जम्मा गरेको छ ।
उक्त रकम थसेस जापानको कोषका साथै जापान निवासी थकाली समुदाय लगायत अन्य समुदायबाट रकम जुटाइएको थकाली सेवा समितिले जनाएको छ ।
सो अवसरमा थसेस जापानका संरक्षक शरद कुमार गौचन, अध्यक्ष बुद्धि गौचन,महिला परिवार जापानका अध्यक्ष दिना गौचन लगायतको सहभागिता रहेको थियो ।
बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै समितिले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने आर्थिक सहयोग अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरेको छ ।
थकाली सेवा समिति जापानमा पुरानो सामाजिक संस्था हुनुका साथै नेपाली समुदायका विभिन्न सामाजिक कार्यहरूमा पनि सहयोग गर्दै आइरहेको छ ।