
इटहरी : इटहरीमा सम्पन्न ‘द ह्विल्स अफ होप–ह्विलचेयर रन २.०’ प्रतियोगितामा झापाका प्रज्वल योङहाङ प्रथम भएका छन् । इटहरी जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२६ अन्तर्गत भएको प्रतियोगितामा मोरङका सञ्जीव लिम्बु दोस्रो र संखुवासभाका सुजन थापा तृतीय भए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय हुनेले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताले अपांगता भएका व्यक्तिहरूको क्षमता, आत्मविश्वास र सामाजिक सहभागितालाई प्रोत्साहन गर्दै समावेशी समाज निर्माणको सन्देश दिएको आयोजकले जनाएको छ ।







