२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ

shivam cement
मध्यान्ह
२०८१ साउन २९ गते १६:२७
मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाडौंः ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्‍याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो । 

न्यौपानेले मासिक ७० हजार रूपैयाँ तलबमा कुकको काममा लगाइदिने तथा काम गरेको केही समयपछि ग्रिन कार्ड समेत पाइने भनि प्रलोभन देखाई २ लाख ५० हजार रूपैयाँ लिई २०८० मंसिर १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलब समेत नदिई चरम श्रम शोषण तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise