२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

एनभिए भलिबल प्रतियोगिता : महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

Nada
२०८१ जेठ २६ गते १८:००
Shares
एनभिए भलिबल प्रतियोगिता : महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

काठमाडौं : आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ भने पुरुषतर्फको उपाधि टिपटप हेल्प नेपालले जितेको छ ।

ncell

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै पुलिसले महिलातर्फको उपाधि जितेको हो भने गण्डकी भलिबल एशोसिएसनलाई पराजित गर्दै हेल्प नेपालले पुरुषतर्फको उपाधि जितेको हो ।

महिलातर्फ पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लबलाई ३–२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमाएको थियो । तर पाँचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिस उपाधि रक्षा गर्न सफल भयो ।

यस्तै पुरुषतर्फ गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो । पहिलो सेट २२–२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५–२० ले गुमाएको थियो । तेस्रो र चौथो सेट २०–२५ र २०–२५ ले जित्दै हेल्प नेपाल उपाधि रक्षा गर्न सफल भयो ।
 

ताजा खबर

सम्बन्धित खबर