२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच के भयो कुरा ?

Nada
२०८२ मंसिर २१ गते १७:०७
Shares
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच के भयो कुरा ?

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेका छन् । 

ncell

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनका अनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराए । 

उनले सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत बताए । उनले समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ । 

उनले भने, ‘घोषित मितिमा  निर्वाचन सम्पन्न गर्न पूर्वराष्ट्रपतिज्यूले सल्लाह दिनुभयो । आवश्यक परेको सहयोगका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो । त्यसबारे भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा सरकारले चालिरहेको कार्यप्रति आफू सकारात्मक भएको बताउनुभयो ।’

पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गरेकी छन् । सोही क्रममा प्रधानमन्त्री कार्की र भण्डारीबीच भेटघाट भएको हो । –न्युज एजेन्सी नेपाल

ताजा खबर

सम्बन्धित खबर