२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन : प्रधानमन्त्री कार्की

Nada
२०८२ मंसिर १४ गते १२:१९
Shares
कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन : प्रधानमन्त्री कार्की

काठमाडौँ  : प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् ।

ncell

सामाजिक सञ्जाल (फेसबुक)मार्फत लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीका टिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भनिन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।”

प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छन् ।

ताजा खबर

सम्बन्धित खबर