२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

Nada
२०८२ मंसिर १४ गते ०९:४४
Shares
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

सिन्धुली : मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका-२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका-३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका-१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका-३ का श्यामकुमार भट्टराईको खोजी जारी छ ।

ताजा खबर

सम्बन्धित खबर