२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मिडभ्याली अन्तरविद्यालय बृहत् विज्ञान प्रदर्शनी

Nada
२०८२ मंसिर ११ गते २१:४४
Shares
मिडभ्याली अन्तरविद्यालय बृहत् विज्ञान प्रदर्शनी

भक्तपुर : मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८२ को आयोजना गरेको छ । 

ncell

मध्यपुरठिमीस्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यकाभित्रका ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ वटा उपकरण एवं सामग्रीहरू प्रदर्शनीमा राखिएको हो । प्रदर्शनी मंसिर ११ र १२ गते दुई दिनसम्म सञ्चालन हुनेछ भने १० हजार बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । प्रदर्शनीमा पहिलो दिनमा चार हजार बढी विद्यार्थीले अवलोकन गरेका छन् । 

प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिँदै निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामग्रीहरू प्रदर्शन गरिएको छ ।  

कार्यक्रमका प्रमुख अथिति प्रा.डा रामेश्वर अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभइ व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधितर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्दत पुग्ने बताए । 

उनले भने,‘यस खालको कार्यक्रम शहरी क्षेत्रमा मात्र नभइ ग्रामीण क्षेत्रका विद्यालय तथा कलेजहरुमा समेत आयोजना गर्न जरुरी छ । सरकारले पनि यस खालको प्रदर्शनीलाई प्राथमिकता दिन आवश्यक छ । शिक्षामन्त्रालयले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको छ, अझै विशेष योजना ल्याएर विद्यार्थीहरुमा व्यवहारिक ज्ञान प्रदान गर्न सक्नुपर्छ । यी भावी पुस्तालाई विज्ञान तथा प्रविधि क्षेत्रमा योग्य बनाउनु आजको आवश्यकता हो ।’

सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न कटुवालले साना–साना उमेरका विद्यार्थीहरुले दैनिक रुपमा प्रयोग हुने उपकरणहरुलाई फरक रुपमा प्रदर्शनी गरेको बताए । उनले यसखालको प्रर्दशनी मिडभ्याली लगायतका अन्य विद्यालयले पनि आयोजना गर्न जरुरी रहेको बताए । 

यस्तै मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उद्देश्यले यस प्रदर्शनीको आयोजना गरिएको बताए । उनले कलेजले एक वर्ष अगाडि गरेको यसखालको प्रदर्शनीले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पारेको बताउँदै सूर्यविनायक नगरपालिका समेत प्रभावित भइ नगरपालिका स्तरको प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिए । प्रदर्शनीमा उत्कृष्ट उपकरण एवं सामग्री निर्माण गर्ने तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने मिडभ्यालीले जनाएको छ । प्रदर्शनी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । 

ताजा खबर

सम्बन्धित खबर