२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

Nada
२०८२ मंसिर ११ गते १२:१२
Shares
पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

कर्णाली : मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ ।

ncell

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना निर्माणसम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन आज नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेको हो । कार्यक्रममा पूर्वसांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरूप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण गर्न सुझाए । 

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा विष्णुकुमार खड्काले विद्यार्थीलाई आकर्षण गराउने, गरिखान सीप सिकाउने, टिकाउने र बिकाउने गरी योजना निर्माण गरिने बताए । 

अन्तरक्रियामा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य एवं ग्राजुयट स्कूल अफ इन्जिनियरका डीन सह–प्राडा राजन सुवाल, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष टेकबहादुर खाँड, खड्कबहादुर सिङ्जापती, तेजबहादुर चन्द, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमरबहादुर सुनार, उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाहीलगायतले नियमित तथा प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवहारिक एवं जीवनोपयोगी शिक्षाको आवश्यकता, क्याम्पसको विकास तथा विस्तारका लागि अवलम्बन गर्नुपर्ने उपायलाई ध्यानमा राखी योजना ल्याउन सुझाएका थिए ।

ताजा खबर

सम्बन्धित खबर