२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

‘बर्थिङ सेन्टर’मा तालाबन्दी

मध्यान्ह
२०८१ साउन ८ गते ११:०७
‘बर्थिङ सेन्टर’मा तालाबन्दी

हुम्ला : जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शंकर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर)मा तालाबन्दी गरिदिएको छ । 

दुई कोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई रु छ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला गलाइदिएको बताइएको छ  । 

विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो । अभिभावक संघका अध्यक्ष संकेश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए । 

‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँदासम्म ताला नखोलिने उनले बताए । 

ADV

सम्बन्धित खबर