२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

दसैँ सुरु भएसँगै गाउँ वस्तिमा चहलपहल बाक्लियो

Nada
२०८२ असोज ९ गते १२:४८
Shares
दसैँ सुरु भएसँगै गाउँ वस्तिमा चहलपहल बाक्लियो

हुम्ला : रोजगारीका शिलशिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दसैँ सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहलपहल बाक्लिएको छ ।

ncell

दसैँ, तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँ बस्ती यती बेला भने भरिन थालेका छन् । रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगन्जलगायतका शहरमा रहेका विद्यार्थीसमेत दसैँ मनाउन घर आएका कारण यति बेला विभिन्न वस्तिमा चहलपहल बढेको छ ।

यस वर्ष जिल्लामा सडक पुगेपछि दसैँमा घर आउनेको सङ्ख्या पहिलेभन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले बताए । कुबाडी प्रहरी चौकीलाई उद्धिर्त गर्दै यस वर्षको विगतको दसैँभन्दा हुम्ला आउने सवारीसाधनको सङ्ख्यामा वृद्धि भएको उनले बताए। गत वर्षमा केही मात्रामा मात्रै आउने गरेको भए पनि अहिले सडक आएपछि दसैँको फूलपातीअगाडि नै गाउँ भरिभराउ हुन थालेका छन् ।

शहर खाली हुँदै गएपछि गाउँघर रमाइलो देखिनुका साथै भरिभराउन हुँदै आएका छन् । यति बेला गाउँघरमा सबैको जमघट हुनु साथै दसैँ, तिहार जस्ताले पारिवारिक एक किसिमको सौहार्द वातावरण सिर्जना गरेको राजबहादुर भण्डारीले बताए । उति बेला जिल्लाको सदरमुकाम सिमिकोटसमेतमा मानिसको चहलपहलसमेत बिस्तारै घट्दै गएको छ । काम, अध्ययन र रोजगारीलगायतका शिलशिलामा सिमकोट बसेका नागरिक दसैँ मनाउन गाउँ जान थालेपछि सदरमुकाममा मानिसको चहलपहल घट्दै जान थालेको हो ।

गाउँमा रहेको व्यरोजगारीले प्रदेसिन बाध्य हुने गरेको भए पनि दसैँ तिहारलगायतका चाडपर्वमा आफू सधैँ घर फर्किने गरेको अदानचुली गाउँपालिकाका स्थानीय चामुण्डा रोकायाले सुनाए । गाउँमा रोजगारीको अवसर नमिल्दा हुम्लाका अधिकांश बेरोजगार युवा बर्खाको खेतीपाती सकाएर दसैँ खर्चको जोहो गर्न माथिल्लो हुम्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका युवा चीनको ताक्लाकोटमा जाने गर्दछन् भने तल्लो हुम्लाको सर्केगाड, ताँजकोट, अदानचुली, चङ्खेली गाउँपालिकाका प्रायः जसो युवा भारतमा जाने गर्छन् । कात्तिक–मङ्सिरमा उवा, गहुँ, जौँ र असारमा कोदो, चिनो, आलु, मकै, धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा छिमेकी देशमा कामको खोजीमा जाने गर्छन् ।

जिल्लाका नागरिक कामको खोजीमा अन्यत्र जानु पर्ने बाध्यता जस्तै बनेको छ । यहाँका स्थानीयको यो बाध्यता अहिले नभई पहिलेका पुस्तादेखि नै चलिआएको सिमकोट गाउँपालिका–१ का प्रेम भण्डारीले बताए । गाउँमै रोजगारी नहुँनुका साथै कृषिप्रति युवाको आकर्षण घटेका कारण बढी जसो युवा ताक्लाकोट पुग्ने गर्दछन् ।

ताजा खबर

सम्बन्धित खबर