२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

२३६ किलोग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ

Nada
२०८२ असोज ७ गते १३:२२
Shares
२३६ किलोग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ

बाराः करिब २ सय ३६ किलो ७ सय ५० किलोग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन् । 

ncell

जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट अवैध लागुऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा।२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

ताजा खबर

सम्बन्धित खबर