२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

दुई लाख बढीको कपडा बरामद

Nada
धर्मेन्द्रकुमार कुर्मी
२०८२ असोज ५ गते २०:५५
Shares
दुई लाख बढीको कपडा बरामद

कपिलवस्तु : सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थानबाट लाखौं मूल्य बराबरको राजस्व छलिएको सामान बरामद गरेको छ ।

ncell

कृष्णानगरको व्यारिएर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले कपडा बरामद गरेको हो ।

बरामद गरिएको सामानमा साडी ९४ थान, पर्दा ४५ थान, मोजा ३४ दर्जन, लेडिज सुट ३४ थान, कुर्ति सेट १५० थान रहेका छन् । यी सबै मिलाएर कुल मूल्य दुई लाख ६१ हजार रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान आवश्यक कानूनी कारबाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर