२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

मधेश प्रदेश सरकारका सेवा दसैँपछि पूर्ण रूपमा सञ्चालन हुने

Nada
२०८२ असोज ४ गते १८:४९
Shares
मधेश प्रदेश सरकारका सेवा दसैँपछि पूर्ण रूपमा सञ्चालन हुने

जनकपुरधाम : मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेन जेडको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादसैँपछि पूर्ण रूपमा सेवा प्रवाह गर्ने बताएका छन् । 

ncell

उनले आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जेन जेड प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आउने बताए । 

सुरक्षामा क्रमिक रूपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरूमा कर्मचारीहरू आउन सुरु गरिसकेको उनको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उनले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए । 

प्रदेशसभा भवनसहित मन्त्रालयहरूको क्षति भएको संरचनाहरूको मूल्यांकनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । मधेश प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेश प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो । साथै सवारीसाधनहरू पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरू पनि लुटपाट भएको छ ।

ताजा खबर

सम्बन्धित खबर